- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित इन्स्पेक्टरलाई रंगेहात पक्राउ गरेको छ । वर्दिवासबाट खटिएको अख्तियारको टोलीले शुक्रवार ९० हजार घुस रकमसहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।
ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै इन्स्पेक्टर साहले जनकपुरमा घुस रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ ।