arrow

पुनर्वास मतदानस्थल नजिकै शंकास्पद बस्तु भेटियो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ मंसिर १४ शनिबार
bomb-niskriya.jpg

पुनर्वास। कञ्चनपुरको पुनर्वास ३ स्थित गोर्खा आधारभुत विद्यालय मतदान केन्द्र भन्दा झन्डै ५ सय मिटर पूर्व शंकास्पद बस्तु फेला परेको छ।

वडा अध्यक्ष पदको लागि उप निर्वाचनमा मतदान भइ रहेको स्थान देखि झन्डै ५ सय मिटर पूर्वतर्फ आइबिआरडी बजार जाने बाटोमा प्लास्टिकले बेरि राखेको अबस्थामा शंकास्पद बस्तु भेटिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी  निरीक्षक वकिलबहादुर सिंहले बताए । 

शंकास्पद बस्तु  भेटिएको स्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रहरी निरीक्षक सिंहले बताए ।

शंकास्पद बस्तु कसले राखेको भन्ने अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ