- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रंगेली । मोरङको धनपालथान गाँउपालिका वडा नं २ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागी स्थानियहरुले मतदान गरिरहेका छन् । गतवर्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष बलराम भगतको सर्पको टोकाईबाट निधन भएपछी खाली रहेको वडाध्यक्ष पदका लागी उप निर्वाचन भइरहेको हो ।
गाउँपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि ६ पार्टीका उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । चुनावी प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट पंकज मण्डल, नेपाली काँग्रेसको तर्फबाट नारायण प्रसाद साहबिच चुनावी प्रतिस्पर्धा देखिएको छ । साहलाई समाजबादी पार्टी नेपालले समेत समर्थन गरेको छ ।
वडाध्यक्षको चुनावी प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योति पासवान, नेपाल लोकतान्त्रीक पार्टीबाट देवनारायण मण्डल र मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवान, सिके राउतको जनमत पार्टीबाट चनरादेवी मण्डलको उमेदवारी रहेको छ। धनपालथान गाऊपालिका वार्ड नं २ मा ४ हजार ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पछिल्लो अवस्था अनुसार वडानम्बर २ को कार्यालय मतदान केन्द्रमा रहेको २ वटा मतदान केन्द्रमा ५७८ र जनता मावि मा ३ वटा मतदानमा ८२९ गरी १ हजार ४ सय ७ मत खसिसकेको छ । मतदान शान्तिपुर्ण वातावरणमा भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले बताएका छन् ।