arrow

बैतडीको सुर्नया गाउँपालिका १ मा जित्ने कांग्रेसका वडा अध्यक्ष चन्द यिनै हुन्

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
nc-gajendra-chand.jpg

बैतडी। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्दले उपनिर्वाचनमा नेकपाका उमेदवारलाई झिनो मतले हराउँदै विजयी भएका हुन्।

यसअघी भएको स्थानिय निर्वाचनमा कांग्रेसले जितेको सो वडामा यो पटक पनि कांग्रेसले जितेको हो।

यसअघी कांग्रेसलाई राप्रपाले समर्थन गरेपनि यसपटक राप्रपाले नेकपालाई समर्थन गरेको थियो। त्यसकारण पनि यो पटकको चुनाव कडा प्रतिष्पर्धात्मक भएको थियो।

कांग्रेस उम्मेदवारले २१९ मत ल्याउँदा नेकपा उम्मेदवारले २१५ मत ल्याए । कांग्रेस उमेद्वार ४ मतले जित्दा  ४ मत बदर भएको छ ।

वडामा ६१९ मतदाता रहेपनि २२८ महिला र २१० पुरुष गरी ४३८ मत खसेको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ