arrow

प्रचण्डलाई डबल झड्का, चितवन खैरहनीको ४ र ५ मै कांग्रेस विजयी

खैरहनीको ४ मा देब बहादुर बस्नेत विजयी

logo
प्रकाशित २०७६ मंसिर १४ शनिबार
dev-bahadur-basnet-khaireni4.jpg

चितवन। चितवनमा प्रचण्डलाई डबल झड्का लागेको छ। आफ्नै गृहनगर तथा छोरी मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनमा प्रचण्डले आफ्नो प्रभाव गुमाएको देखिएको छ। खैरहनी नगरपालिकाको दुवै वडामा कांग्रेसको जीतले प्रचण्डलाई डबल झड्का लागेको हो। 

खैरहनी ४ मा नेपाली कांग्रेसका देब बहादुर बस्नेत विजयी भएका हुन् भने ५ मा प्रतिमा कार्की विजयी भइन। खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्।बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्। 

नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् ।

कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए । 

चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्। 

प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६को मतगणना भने जारी छ। 

यसअघी काग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।

यसैगरि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ