arrow

बैतडीका दुईवटै वडामा कांग्रेस विजयी

सुर्नया १ मा चन्द दोगडा केदारमा भट्ट

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
ramesh-lekhak-baitadi.jpg

बैतडी। उप निर्वाचन भएका वैतडीका दुइवटै वडामा कांग्रेस विजयी भएको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १  र बैतडीकै दोगडा केदारमा शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको हो।

नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्दले उपनिर्वाचनमा नेकपाका उमेदवारलाई झिनो मतले हराउँदै विजयी भए।

त्यहाँ यसअघी भएको स्थानिय निर्वाचनमा कांग्रेसले जितेको सो वडामा यो पटक पनि कांग्रेसले जितेको हो।

यसअघी कांग्रेसलाई राप्रपाले समर्थन गरेपनि यसपटक राप्रपाले नेकपालाई समर्थन गरेको थियो। त्यसकारण पनि यो पटकको चुनाव कडा प्रतिष्पर्धात्मक भयो।

कांग्रेस उम्मेदवारले २१९ मत ल्याउँदा नेकपा उम्मेदवारले २१५ मत ल्याए । कांग्रेस उमेद्वार ४ मतले जित्दा  ४ मत बदर भएको छ ।

वडामा ६१९ मतदाता रहेपनि २२८ महिला र २१० पुरुष गरी ४३८ मत खसेको थियो।  

यसैगरि बैतडीकै दोगडा केदारमा नेपाली कांग्रेसका सुरेन्द्र भट्ट निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिष्पर्धी नेकपाका उमेद्वारलाई एक सय मतले पछाडी पारे। भट्टले ५८४ ल्याउदा नेकपाको उमेद्वारले ४८४ मत मात्र प्राप्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ