arrow

मोरङमा पनि तोडियो नेकपाको किल्ला, कांग्रेस विजयी

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
narayan-prasad-shah.jpg

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा नेकपा (पूर्व एमाले) को किल्ला तोडिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस  िवजयी भएको छ । 

कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४  मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ