arrow

नेकपाले जितेको पाँचथरको हिलिहाङ ७मा कांग्रेसका इधिंगो निर्वाचित

फिदिम. १ मा भने नेकपाका भटटराई निर्वाचित

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ मंसिर १५ आइतबार
panchathar-igdingo-bhattara.gif

पाँचथर। पाँचथरमा भएको तीन निर्वाचन मध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपाले र नेपाली काग्रेसले एक एक वडामा जीत हात पारेका छन् ।

फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेद्धवार गजाधार भट्टराई विजयी भएका छन्।उनका निकटतम प्रतिद्धन्द्दी नेपाली कांग्रेसका उम्मेद्धवार शुभराज थापालाई ४ सय ७४ मत अन्तरले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गर्दा थापाले भने ९ सय ७२ मत प्राप्त गरे । यसअघि ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हर्क बहादुर मोक्तानले ६ मतले नेकपाका भट्टराईलाई पराजित गरी वडा अध्यक्ष बनेका थिए।

३ हजार ६ सय ७६ मत रहेको फिदिम नगरपालिका वडा नम्बर १ मा २ हजार ५ सय ८३ मत खसेको थियो ।

वडा अध्यक्ष मोक्तानको निधन भएपश्चात यस वडामा उपनिर्वाचन भएको हो । अब फिदिम नगरपालिकामा ८ वटा वडा नेपाली कांग्रेस र ६ वटा वडा अध्यक्ष नेकपाको भएको छ ।

यस्तै नेकपाको गढ मानिएको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन्। नेकपाको तर्फबाट उम्मेद्धवार गेहनाथ रिजाललाई ३० मतले पराजित गर्दे इधिंगो निर्वाचित भएका हुन् ।

इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गरे। २ हजार ६ सय मतदाता रहेको उक्त वडामा १ हजार ६ सय ९३ मत खसेको थियो । यसअघिको ०७४ को स्थानिय तहको निर्वाचनमा ७ वटा वडा नै नेकपाले जितेको थियो । नेकपाको तर्फबाट उम्मेद्धवार बनी विजयी बनेका वडा अध्यक्ष तिर्थ तिम्सिनाको निधन भएपश्चात उक्त वडा अध्यक्ष पद रिक्त थियो । यसअघि तत्कालिन नेकपा एमाले बाट राजनिती गरिरहेका इधिंगोलाई ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पाटीमा भित्रयाएको थियो । यसअघि ०५४ को स्थानिय निकायको चुनावमा समेत इधिंगो साविक भारपा गाविसको अध्यक्ष बनेका थिए ।

यस्तै फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा भएको निर्वाचनको मतगणना आज बिहान ७ बजे बाट शुरु हुने  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत नवराज दुलालका अनुसार सर्वदलिय वैठक बसेर बिहान ७ बजेबाट मतगणना थालिनेछ ।

पालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको उक्त वडामा १० हजार ८ सय १६ मत खसेको छ। नेपाली कांग्रेसको तर्फबाट विजयी बनेका अमर कुमार नेम्बाङको निधन भएपश्चात गाउँपालिका प्रमुखको पद रिक्त थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ