arrow

दाङमा पनि ढल्यो नेकपाको शान, कांग्रेसका डाँगीले मारे बाजी 

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
tara-bahadur-dangi.jpg

दाङ । घोराही उपमहानगरपालिका वडा नं १६ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिस्पर्धीलाई एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए । त्यस्तैगरी संघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए ।

वडा नं १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं १६ मा उपनिर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ