arrow

माटोले लियो ज्यान, ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु, केही पुरिएको आशङ्का

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
Kaski_District.png

कास्की । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आइतबार बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।          
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए । 

अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिए ।

अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ