arrow

फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी

logo
रासस,
प्रकाशित २०७६ मंसिर १५ आइतबार
phidim-congress.jpg

फिदिम । उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।  

फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी भएका छन् भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी भएका छन् ।

फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गरे।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गरेका हुन्। उनले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ