arrow

बैतडीका दुई वडामा कांग्रेस

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
nepali-congress-flag.jpg.jpeg

बैतडी । बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ ।

उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामा दुई वडामा नेपाली कांग्रेस, एक वडामा नेकपा विजयी भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरे । चार मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ