७७ मतले नेकपालाई हराउदै समाजवादीका चौधरी विजयी

प्रकाशित मिति : २०७६ मङ्सिर १५ आइतबार

कलैया । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी ७७ मतले नेकपालाई हराउदै निर्वाचित भएका छन्।

एक हजार ९५५ कूल  मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए।

 निकटतम प्रतिस्पर्धी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए ।

नयाँ