arrow

उपनिर्वाचनमा केहि फाइदामा रह्यो कांग्रेस, ककस्ले मारे बाजी ?

कांग्रेसले जितेका १३ स्थान

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
congressi.jpg

काठमाडौं । आसन्न उपनिर्वाचनमा नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसले १३ स्थानमा चुनाव जितेको हो । कांग्रेसले प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको छ ।

कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट कृष्णलाल भँडेलले जितेर सिट सङ्ख्या बढेको छ । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा उम्मेदवार तिलक राईले जितेर कांग्रेसले प्रमुखको सङ्ख्या बढेको छ ।

१. गजेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका- १, बैतडी
सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्। सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरे । चार मत बदर भएको छ ।

२. ताराबहादुर डाँगी, घोराही उपमहानगरपालिका- १६, दाङ
घोराही उपमहानगरपालिका वडा नं १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका छन् ।कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिस्पर्धीलाई एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

३. नारायण प्रसाद साह, धनपालथान गाउँपालिका- २, मोरङ
मोरङको धनपालथान गाउँपालिकामा नेकपा (पूर्व एमाले) को किल्ला तोडिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस  िवजयी भएको छ ।  कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४  मतले पछाडि पार्दै जित निकालेका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।

४. शोभाखर खनाल, मालारानी गाउँपालिका– ३ अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।

५. अमृतराज हमाल, भरतपुर महानगरपालिका- १६, चितवन
भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षमा कांग्रेसकीअमृत हमाल विजयी भएका हुन्।

६. देवबहादुर बस्नेत, खैरहनी नगरपालिका- ४, चितवन
खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत  विजयी भएका छन् । खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

७. प्रतिमा बस्नेत कार्की, खैरहनी नगरपालिका- ५, चितवन
नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।

८. दीपेन श्रेष्ठ, गढीमाई नगरपालिका- २ रौतहट
रौतहटको गढीमाई नगरपालिका- २ मा दीपेन श्रेष्ठ बिजयी भएका छन् ।

९. तिलविक्रम इधिंगो, हिलिहाङ गाउँपालिका- ७, पाँचथर
नेकपाको गढ मानिएको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन्। नेकपाको तर्फबाट उम्मेद्धवार गेहनाथ रिजाललाई ३० मतले पराजित गर्दे इधिंगो निर्वाचित भएका हुन् । इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गरे। २ हजार ६ सय मतदाता रहेको उक्त वडामा १ हजार ६ सय ९३ मत खसेको थियो । यसअघिको ०७४ को स्थानिय तहको निर्वाचनमा ७ वटा वडा नै नेकपाले जितेको थियो । नेकपाको तर्फबाट उम्मेद्धवार बनी विजयी बनेका वडा अध्यक्ष तिर्थ तिम्सिनाको निधन भएपश्चात उक्त वडा अध्यक्ष पद रिक्त थियो । यसअघि तत्कालिन नेकपा एमाले बाट राजनिती गरिरहेका इधिंगोलाई ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पाटीमा भित्रयाएको थियो । यसअघि ०५४ को स्थानिय निकायको चुनावमा समेत इधिंगो साविक भारपा गाविसको अध्यक्ष बनेका थिए ।

१०. सुरेन्द्रप्रसाद भट्ट, दोगडाकेदार- ४, बैतडी
 बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट विजयी भएका छन् ।

११. बिपिन पंजियार सुडी, बलवा नगरपालिका- २, महोत्तरी
बलवा नगरपालिका वडानं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका बिपिन पंजियार सुडी विजयी भएका छन् । बलवा वडानं. २ मा सुडीले राजपाका वृजलाल साहलाई १०९ मतको अन्तरले हराएर विजयी भएका हुन् । विपिनले ४६१ म्त ल्याए भने बृजलालले ३५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा

१२. कृष्णलाल भँडेल,भक्तपुर क्षेत्र नम्बर १ (क) (नेपाली कांग्रेस)
भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भए । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेका थिए भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन ।

१३. तिलक राई, धरान उपमहानगरपालिका, प्रमुख
धरान उपमहानरपालिकामा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी भएका छन् । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसकेको हो । गत स्थानीय चुनावमा ४८ सय मतले पराजित राईले गतिलो पुनरागमन गर्दै धरानमा कांग्रेसको ऐतिहासिक जीत दर्ता गराउन सफल भएका छन्। राईको यो जीतसँगै धरानमा ६० बर्षदेखिको कम्युनिष्ट विरासत पनि ढलेेको छ। २०१७ सालदेखिनै धरानमा कम्युनिष्ट नेता नै निर्वाचित हुदै आएका थिए।

तिलक राइले यसअघी हार हुँदाको मतान्तरलाई घटाउँदै २७ सय ९५ मत अन्तरले मेयरमा चुनाव जितेका छन्। तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा उनका प्रत्यासी प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ