arrow

पाँच केजी गाँजासहित भारतीय नागरिक पक्राउ    

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
Handcuffs.jpg.png

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।     
     
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।   
  
यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट खटिएको गस्ती टोलीले अभद्र व्यवहार मुद्दामा फरार लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगर निवासी ५० वर्षीया अमिरती देवीलाई पक्राउ गरेको हो । 

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ