arrow

घना जङ्गलको विचमा लुकेर रहेको मानव बस्तीमा पुगे जनप्रतिनिधि

पहिलो पटक स्थानीय तहका जनप्रतिनिधि पुगेर पहिलो सरकारी अनुदान स्वरुप सोलार वितरण

logo
जीवन शर्मा,
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
solar-sayog-2.jpg

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका वडा नम्बर ९ पात्लेको बम्दक स्थित घना जङगल भित्र मानव बस्ती फेला परेको छ । उक्त गाउमा हालसम्म न कुनै राजनीतिक दलका नेताहरु पुगेका थिए नत निर्वाचित जनप्रतिनिधिहरुलाई नै बस्ती छ भन्ने थाहा थियो ।

गाँउपालिका सदरमुकामदेखि २ घण्टा गाडीको यात्रापछि साढे २ घण्टा हिडेर पुगिने यो बस्तीमा १० घर परिवार बस्छन् । यहाँका नागरिकले राज्य तहबाट पाइने सार्वजनीक सेवाका बारेमा खासै चासो नदेखाउँदा उनीहरुलाई सार्वजनीक सेवा प्रवाहका विषयमा समेत थाहा छैन् । उनीहरु मध्ये केहीले नागरिक्ता बनाएका छन् । त्यो बाहेक हालसम्म  विकासे योजना तथा अन्य सरकारी सेवा यो बस्तीले उपभोग गर्न नपाएको स्थानीय अगुवा नुरी शेर्पाले जानकारी दिए ।

स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी लगायत नागरिकका आधारभूत अधिकार बाट बञ्चि यो समुदाय आफ्नै ढंगले दैनिकी गुजारीहरेको छ ।  बम्दक बासी शेर्पा समुदायका १० घर परिवारमा ५० भन्दा बढी जनसंख्या छ । तर त्याहाका नागरिकले स्वास्थ्य संस्था र विद्यालय देखेका छैनन् । उनीहरुलाई पढ्नु पर्छ भन्ने समेत थाहा छैन् । पछिल्लो समयमा बम्दक स्थित गाउ र त्याहाको समुदायका बारेमा थाहा पाएपछि  खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष वेदबहादुर रोक्का त्याहा पुग्दा आफै अच्चम्ममा परे । “न उनीहरु स्वास्थ्य संस्था जान्छन तन पढेलेखेकै छन ।’ अध्यक्ष रोक्काले भने, त्यही समुदायमा कोही पढेका भए गाँउपालिकाले उसैबाट अरुलाई पढाउने व्यवस्था मिलानका लागि आवश्यक बजेट विनियोजन गर्छ भन्दा कोही पाइएन् ।”

उनीहरु लाई स्वास्थ्य संस्था जानुपर्छ भन्ने समेत थाहा छैन् । यसरी लुकेर रहेको बस्तीमा पुगेर केही सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको अध्यक्ष रोक्काले बताए । “ मैले छुट्टै संसारमा पुगेको महसुस गरेँ र त्याहाको आवश्यक्ता अनुसार गाँउपालिकाले गर्न सक्ने सहयोग गरेको छु ।” बालबालिका लाई पढ्न पठाउन जङलको बाटो साढे २ घण्टा हिडेर दोराखर्क आधारभूत विद्यालय जानु पर्ने भएका कारण पनि उनीहरुले पट्न नपाएको गाँउपालिका उपाध्यक्ष शुशिला तामाङले बताईन । विद्यालय नजिकै कोठा बसेर बढ्न चाहानेलाई गाँउपालिकाले कोठा भाडा समेत तिरिदिने भनेपनि उनीहरु बालबालिका लाई स्कूल पठाउने मनस्थितिमा देखिदैनन् ।

 घना जङगल विचमा रहेको यो बस्तीमा चुनावको समयमा समेत कोही पुगेनन् । उनीहरुले जनप्रतिनिधिहरुलाई भोट  हाले वा हालेनन् त्यो पनि स्थानीय जनप्रतिनिधिहरुलाई थाहा छैन् । खिजी देम्बा गाँउपालिका वडा नम्बर ९ का अध्यक्ष आङपसी शेर्पाले यस ठाउमा मान्छे बसेका छन भनेर नसोचेको बताइन् । उनी पहिलो पटक यो बस्तीमा पुगेकी हुन् । वडाका प्राय सबै गाउ बस्तीमा खानेपानी विद्युत र सडक पुगि सकेको भएपनि यो समुदाय लुकेर रहेका कारण विकासका कुनै पूर्वाधार नपुगेको गाँउपालिका अध्यक्ष वेदवहादुर रोक्काले बताए ।

 स्थानीय मितेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मिङमार शेर्पाको पहलमा जङगलदेखि गाँउसम्म पुग्नका लागि गोरेटो बाटो बनाएको बाहेक अन्य विकास नपुगेको यो बस्तीका नागरिकको जिवीको पार्जन सुधार र किासका पूर्वाधारका लागि आगामी दिनमा योजना बन्ने र गाँउपालिका बाट बजेट विनियोजन हुने अध्यक्ष रोक्काले विश्वास व्यक्त गरे ।

लुकेर रहेको यो समुदायमा विकास योजना, विभिन्न संघ संस्था,आमा समुह,स्वास्थ्य शिक्षा लगायतका कुरा नभएको तर आगामी दिनमा  उनीहरुको आवश्यक्ता पहिचान गरी स्वास्थ्य, शिक्षा, कृर्षि, खानेपानी, लगाएतमा सहयोग गर्ने रोक्काले प्रतिवद्धता जनाएका छन् । काम गर्न सक्दा उनीहरुलाई सुधारीएको गोठ तथा टमाटर फलाउनका लागि टनेला समेत उपलब्ध गराउन सकिने वाहाको भनाइ छ । जङगल भित्र लुकेर रहेको मानव बस्ती भेटेपछि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरुले अचम्म मानेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ