arrow

फयाफुल्ला घरवासमा आगलागी

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
fire-final.jpeg

मङ्गलबारे । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको फयाफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।     
     
विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । 

आगलागीबाट चार तोला सुन, रु पाँच लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिए ।
     
काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ