arrow

पत्रकार पौडेललाई अन्तराष्ट्रिय अवार्ड

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार

तनहुँ । दमौली खबर दैनिकका सम्पादक दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज पवन पौडेलले अन्तराष्ट्रिय अवार्ड पाएका छन्।

नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन्।

श्रृजनशिल युवा मञ्चका अध्यक्ष समेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरिन्।

उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको छ । विश्वभरका ३५ देशका ६५ सहभागीमध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो । 

सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो । सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ