arrow

शाहीको कारको ठक्करबाट मृत्यु    

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
accident-final.jpeg

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।     
     
काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ