arrow

जनसेवामा जुट्दै जापानबासी ओखलढुंगेली

logo
जीवन शर्मा,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
okhaldhunga-welfare-society.jpg

ओखलढुंगा। जननी जन्मभूश्च स्वार्गादपी गरियसी अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि प्यारो हुन्छ। नेपालको झण्डा समाएर आफ्नो देशको माटोलाई सम्झदा गर्विलो छाती हुने नेपालीहरुको शिर प्राय सधै आफ्नै देशप्रति झुकीरहन्छ। कुनै नेपाली जहा जुन कर्ममा रहेपनि आफ्नो मन नेपाल र नेपालीको पक्षमा समर्पित हुनु नै एउटा सच्चा देशप्रेम हो। पछिल्लो समयमा जापानमा बस्ने ओखलढुंगेलीहरुको मन नेपाल र नेपाली प्रति समर्पीत हुँदै गएको छ।

व्यक्तित्व निर्माण र आर्थिक उपार्जन गर्नका लागि जापान छिरेका ओखलढुंगेली दाजुभाइहरुले जन्मभूमिलाई सम्झना स्वरुप जिल्लाका असाहय नागरिकलाई सहयोग गर्न थालेका हुन्। जिवनमा केही आर्थिक उपार्जन गर्नु पर्छ र मात्रै समाजमा योगदान गर्न सकिन्छ भन्ने भावका साथ विदेशिएका नेपालीहरुले कयौं दुख कष्ट खेपेरपनि जन्मभूमिलाइ सम्झनास्वरुप उक्त कार्य गरेको ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बाँनीयाले बताए।

विगत एक बर्ष भित्र ओखलढुंगा सेवा समज जापानले जिल्लाका विभिन्न असाहय विरामीहरुलाइ २ लाख २२ हजार सहयोग गरेको छ। जापान बस्ने ओखलढुंगेलीहरुले व्यक्तिगतरुपमा रकम संकलन गरेर सो सहयोग गरेका हुन्। ओखलढुंगाको अधेरी नारायणस्थानका ब्लड प्रेसर पिडित सन्तु माया राई लाई ५५,००० सुनकोसि गाऊँपालीका २ बलखु निवासी मृगौला पीडीत जङग बहादुर बिक लाई ४५,००० मृगौला पीडीत भेस कुमारी थापा लाई ५०,००० बलखु अगोलगि पीडीत लाई २८,००० र  नेपाली कांग्रेस ओखलढुंगाका नेता कुमार लुइटेलले चलाएको विभिन्न रोगबाट पिडित १३ जना बिरामी उपचार अभीयानमा ४४,०५९ सहयोग गरेको  अध्यक्ष बाँनीयाले जानकारी दिए।

जापानबासी ओखलढुंगेलीले उपलब्ध गराएको रकम सानै भएपनि अप्ठ्यारो पर्दा यसबाट निकै सहयोग पुगेको विरामीहरुले बताएका छन्। मुटु, मृगौला, क्यान्सर, प्रेसर, जिवी एस, हाडजोर्नी जस्ता रोग बाट पिडित नागरिकहरुलाई केही आर्थिक सहयोग गर्दा औषधिउपचार गरी घर फर्कन सक्ने अवस्थामा ल्याउन सहयोग पुगोस भनेर जापानबासी ओखलढुंगे दाजुभाइ दिदीबहिनीहरुले व्यत्तिगत रुपमा रकम संकलन गरी पठाएको जापानबासीहरुको भनाइ छ। आफ्नो जन्मभूमिमा रहेर दुख पाएका विभिन्न विरामी तथा विपन्न, असाहयहरुलाई सहयोग गर्ने संस्थाको उद्देश्य रहेको अध्यक्ष बाँनीयाले बताए। 

यस संस्थाले नेपाल मात्र नभएर जापानमा हूने सदस्य लाईं समेत समस्या पर्दा सहयोग गर्न सक्ने छ। जापान बस्ने नेपालीहरुले व्यक्तिगत रुपमा संस्थामा जम्म गरेको रकमबाट आर्थिक समस्या समाधान लागी ठुलो सहयोग पुग्ने समाजका सदस्य नबराज  गरुङले बताए। उनिहरुले ओखलढुंगा सेभिङ एण्ड क्रेडिट फइनान्सको समेत स्थापना गरेका छन्।

सहकारीको नियम अनुसार जिल्लाका असाहय, पिडित नागरिकको आर्थिक समस्या समाधानमा सहयोग गर्न सकिने अध्यक्ष बाँनीयाको भनाइ छ। असाहय र विपन्न नागरिकलाई सहयोग गर्नु आफैमा स्वागतयोग्य कार्य भएको भन्दै जापानबासी ओखलढुंगेलीहरुको जनसेवी कार्यप्रति जिल्लाबासीले प्रशंसा गरेका छन्।

शुभकामना आदान प्रदान संगै पहिलो अधिवेशन
यसैबीच ओखलढुंगा सेवा समाज जापानले अग्रेजी नयाँ बर्ष २०२० को उपलक्षमा शुभ कामना आदान प्रदान तथा समाजको पहिलो साधारणसभा गर्ने भएको छ। आफ्नो उज्जल भविष्य निर्माणका लागि जापानमा कर्मथलो बनाएका युवा तन्नेरीहरुले विगत २ बर्ष देखि सेवा समाज गठन गरी विभिन्न सहयोग गर्दै आएका छन्।

आफ्नै देशका नागरिकलाई आपत विपद् पर्दा सहयोग गर्ने उद्देश्यले खोलीएको सेवा समाजको पहिलो अधिवेशनका साथ नयाँ बर्षलाई स्वागत गर्दै आपसमा शुभ कामना आदान प्रदान कार्यक्रम गर्न लागिएको ओखलढुंगा सेवा समाज जापानका अध्यक्ष सन्तोष बानिँयाले बताए। समाजको यो पहिलो अधिवेशन हो। शुभ कामना आदान प्रदात तथा अधिवेशनको कार्यक्रम जनवरी १,२०२० मा जापानको शिनोकुबो स्टेशन नजिकै बार्केड रेस्टुरेन्टमा हुने तय भएको छ। यस कार्यक्रममा जापानबासी सम्पूर्ण ओखलढुंगेली तथा नेपालीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको अध्यक्ष बाँनीयाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ