arrow

हिमपातसँगै परेको चट्याङले अवरुद्ध टेलिफोन लाइन पुनःसञ्चालन 

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
Telecom-Tower-2.jpg

डोटी । हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो ।  
   
 अवरुद्ध सञ्चार सुचारु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क पुनःसञ्चालन आएको जानकारी दिए ।
     
 शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोवार ठप्प भएको थियोे । 
    
 हिमपातका कारण यहाँको जनजीवन भने प्रभावित नै बनेको छ । हिमपातसँगै बढेको चिसोले ससाना बालबालिका तथा वृद्धवृद्धमा निमोनिया, रुघाखोकी, दम, ज्वरोलगायतका विभिन्न रोगले सताउन थालेको जोरायल गाउँपालिका–५ का प्रकाश रावलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ