arrow

शंकाको भरमा आफ्नै श्रीमतीमाथि निर्घात कुटपिट

logo
महेश सिंह,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
khatun.jpg

सिरहा । सप्तरी जिल्लाको खडक नगरपालिका ८ भगौल विष्णपुर बस्ने वर्ष २२ का मोहम्मद इमतियाजले अरुसंग कुराकानी गरेको शंकाको भरमा आफ्नै श्रीमतीलाई बुधवार निर्घात कुटपिट गरेका छन् ।

इमतियाजको विवाह समाजिक परम्परा अनुसार सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनसंग भएको थियो । विवाह भएपछि ६ महिनासंगै बिताए त्यसपछि उनी वैदेशिक रोजगारका लागि गए । २ वर्ष वैदेशिक रोजगारबाट बिताएर आएपछि एक्कासी नाना थरीको लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पिडित आयसा खातुनले बताइन् ।

कसैको फोन आयो कि शंका गर्ने, विवाहमा तिम्रो बुबाले के नै दिएको छ र जस्ता आरोप लगाइ दिनहु कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु भने खालका यातना दिने गरेको पत्रकार सम्मेलनमा पिडित आयसा खातुनले भनिन् ।

उता पिडित खातुनकी बुबा मोहम्मद रहमुल राइनले यस विषयमा बुझसुझ गर्न समधि जाँदा सम्बन्धित नगरपालिकाका नगर प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रहोबरमा सहमति भएको बताए । हामी इमतियाजलाई सम्झाइ बुझइ दिन्छौ आइन्दा यस्तो हुदैन भन्ने आश्वासन दिइ पठाइएको र केहि दिनमै फेरी छोरीलाई यस्तो प्रकारको निर्घात कुटपिट गरेको पत्रकार सम्मेलनमा बताए ।

राइनले कुरा थप्दै भने मेयरसंग टेलिफोनमा कुरा गर्दा उल्टै धाक धम्कि देखाउने गरेका छन् । फोनमा धम्कि दिएको रेकर्ड अहिले पनि मोबाइलमा रहेको दाबी गरे ।

कहाँ कहाँ जानकारी गरायौ र अब के गर्ने बिचार छ भन्ने पत्रकारको प्रश्नको जबाफ दिँदै पिडित खातुनले भनिन् इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा निबेदन दिएका छौं । अब म वहाँसंग बस्दिन निकाहमा भएको बोल कबुलको कागजात अनुसार हामी छिनो फानो गर्ने बिचारमा रहेका छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ