arrow

नगर कार्यपालिकालाई प्रभावमा पारेर तलब बढाएका दमकका प्रशासकीय अधिकृत तिम्सिना एक पछि अर्को विवादमा

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
ganesh-timilshina-damak.jpg

झापा। प्रधानमन्त्री  केपी शर्मा ओलीको गृह नगरका प्रशासकिय अधिकृत गणेश तिम्सिना विवादमा परेका छन्। कमिसनको चक्करमा उनले याेजना नै अगाडि नबढाउने गरेको आरोप स्थानियले लगाउन थालेका छन्। नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईलाई कमिसन नमिलेको भरमा उनले जागिर नै उडाईदिए। उनले यतिसम्म प्रभावमा पारेका छन कि, कार्यपालिका बैठकलाई प्रभावित पारेर आफ्नो तलब समेत बढाएका छन्।

प्रधानमन्त्रीले आफनु नगरमा मात्र विकास बजेट खन्याएको आरोप लागि रहदा दमक नगरपालिकाका प्रशासकिय अधिकृत गणेश तिम्सिनाले भने प्रधानमन्त्रीले ल्याएका कुनै योजनाहरुको काम अगाडी नबढाएको गुनासो आउन थालेको छ।

तिम्सिना दमक आउनु भन्दा अगाडि  धरानमा थिए। आफुले चाकरी नगर्ने र नलिने भने पनि बोलिमा एउटा र व्यवहार अर्को गर्ने गरेको सेवाग्राहिको आरोप रहेको छ। उनले आफना निकटको भने कागज मिलाएर काम गरिदिने गरेको आरोप लाग्न थालेको छ। कार्यपालिका सदस्यले नै थाहा नपाउने गरि निर्णय गर्ने गराउन उनी लाग्ने गरेको कार्यपालिका सदस्यहरु बताउछन। तिम्सिनाले आफना निकटका कर्मचारीलाई काख र अरुलाई पाखा गर्ने गरेको कर्मचारी बताउछन्।

तिम्सिना कार्यालय पनि कम बस्ने र हुदा पनि नगर प्रमुखको चाकरीमा लाग्ने गरेको आरोप लाग्न थालेको छ। आफू अनुकुलका योजना नभए अख्तियारको डर देखाउदै पन्छने गरेको जनप्रतिनिधिको गुनासो रहेको छ।

तिम्सिना दमक आएसगै वैदेशिक भ्रमणमा ब्यस्त हुने गरेको पाईन्छ। उनी इटाली , अर्ट्रेलिया, दक्षिण कोरिया, चीन, जापान लगायतका देश घुमिसकेका छन्। उनले केही नेकपा नेताको निकट भएको समेत आरोप लाग्ने गरेको छ। उनले आफनु तलब समेन नगर प्रमुख नभएको बेला कार्यपालिकाबाट बढाएको पाईन्छ तर प्रशासकीय अधिकृतको तलव तोक्ने अधिकार सङघीय सरकारलाई मात्र हुन्छ।

तिम्सिना दमक आए यता सामान्य योजना बाहेक कुनै ठुला दमकमा  सञ्चालन  भएका छैनन। दमकका प्रमुख योजनाहरु बुद्धको मुर्ति, भ्युटावर बरपरको जग्गाको काम, रतुवा मावा खोलाले दिएको दुख, र प्रधानमन्त्री  ओलीले उद्घाटन  गरेको पशुहाटको काम ऐले सम्म पनि सुचारु भएको पाईदैन।

दमकको स्वास्थ्य साखामा आवश्यक दरबन्दी भन्दा बढी कर्मचारी हुदा पनि कसैलाई मतलव छैन। दमकमा आधारभुत स्वास्थ्य भवनको लागि आएको बजेट समेत फ्रिज भएको छ। तिम्सिनालाई दमक नगरपालिकाले सुबिधा सम्पन्न आवास दिए पनि उनी दमक नबसि बिराटनगर घर जाने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ