arrow

अज्ञात समूहद्धारा विभिन्न ११ स्थानमा आगजनी

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
fire-final.jpeg

पर्सा । पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको  वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन् ।
 
मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र  एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।  

उहाँले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल 

जलेर नष्ट भएको बताए । आगजनीबाट कुनै मानवीय क्षति नभएको र आगजनीमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ