arrow

अपाङ्गता भएका बालबालिकाहरुका लागि घुम्ती शिविर 

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
Kuse_Gaunpalika.png

जाजरकोट । कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुका लागि घुम्ती शिविर संचालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरेर घुम्ती शिविर संचालन गरिएको हो । शारीरिक रुपले अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण गर्न निःशुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

गाउँपालिकाको घरंगा र टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिविरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको सहभागिता रहेको थियो । शिविरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका थिए ।

शिविरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न् भने ८ जनाले सहायक सामग्री पाएका छ्न् । सहायक सामग्रीको लागि नेपाल समाज कल्याण संघले सहयोग गरेको छ भने ५८ जनालाई बाहिर रिफर गरिएको गाउँपालिकाले जनाएको छ ।

मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निःशुल्क घुम्ती शिविरको विधिवत उद्घाटन गाउँपालिकाका अध्यक्ष बस्नेतले गरेका थिए । अपाङ्गता बालबालिकाहरुको लागि संचालन गरिएको निःशुल्क घुम्ती शिविरमा अध्यक्ष बस्नेत आफै सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ