arrow

नेपाल आइडलको प्रायोजकमा डिसहोम

logo
प्रकाशित २०७६ पुष २ बुधबार
dish-home-logo-true-hd.jpg

काठमाडौं। संगीतका पारखीहरुले रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ को प्रायोजकमा डिसहोम समेत जोडिएको छ। नेपाल आइडल कार्यक्रमको प्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिसहोमको च्यानलबाट पुनः प्रसारण गरिने डिसहोमले जनाएको छ। डिसहोम नेपाल आइडल सीजन ३ सँग पावर बाई श्रेणीमा आवद्ध भएको छ।

यसै सन्दर्भमा डिसहोमका बिक्रीप्रमुख रमेश सापकोटले भनेका छन् "हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं। यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ