arrow

पुनर्वासमा प्रहरीद्वारा ब्राउन सुगरसहित ३ युवा पक्राउ

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ पुष ३ बिहिबार
pakraus2.jpg

पुनर्वास । कन्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित नेपाल भारत सीमा क्षेत्र बाट ब्राउन सुगर सहित ३ युवालाई बुधबार राती प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।

२ ग्राम ब्राउन सुगर सहित पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावारी नगरपालिकाका २० वर्षीय सुभास भट्ट , २३ वर्षीय पुरान धामी र २६ वर्षीय लक्षमण कठायत रहेका छन् ।

ब्राउन सुगरको ओसार पसारमा संलग्न तिन जनाहरुलाई बुधबार राती बा ५ च ७९३७ नम्बरको कार सहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कार्यवाहक ईन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए ।

 जिल्लाको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा लागु औषध ओसारपसार नियन्त्रणमा प्रहरीले सक्रियता पछि एक वर्ष यता  १५ ओटा घटनामा संलग्न हरुलाइ प्रहरिले पक्राउ गरेको छ । पुनर्वासमा चालु आर्थिक वर्षको ६ महिनामा ६ वटा ब्राउन सुगर ओसार पसारका घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ