arrow

नेकपा दार्चुलाका प्रभावशाली सामन्तलगायत २० जना काँग्रेसमा प्रवेश

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७६ पुष ५ शनिबार
darchula-mass-meeting.JPG

दार्चुला। नेकपा दार्चुलाका २० जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका २० जना नेकपाका कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको वडा कार्यसमिति सभापति गजेन्द्र सिंह कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेस वडा कार्य समिति दत्तुको शनिबार बसेको बैठकले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने २० जनालाई स्वागत गरिएको उनले बताए । 

तत्कालिन एमालेका नेता प्रेम सिंह धामी भन्दा अगाडी एमालेको राजनितिमा प्रवेश गरेका दिलिप सिंह सामन्त सहित २० जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको उनले बताए।

नेता दिलिप सिंह सामन्त जिल्लाको राजनितिमा सक्रिय एवं प्रभावशाली व्यक्ती मानिन्छन्।

काँग्रेस प्रवेश गरेका सामन्तले नेकपाले अहिले सम्म कार्यकर्ताको मुल्याङ्कन गर्न नसकेको आरोप लगाए। उनले नेकपाको पार्टी, विचारधारा तथा कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सामन्त सहित नेकपाका कृर्ति सिंह सामन्त, भगवती सामन्त लगायत २० जना कार्यकर्ताले काँग्रेसमा प्रवेश गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ