arrow

गाउँपालिका अध्यक्ष दम्पत्तिको अपहरण 

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
Thantikandh_Gaunpalika.png

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । अज्ञात समूहले शाही र उनकी श्रीमती इला शाहीलाई शनिबार राति अपहरण गरेको हो । 

हतियारसहित डेढ दर्जनको समूहमा आएको टोलीले सोधपुछ गर्ने भन्दै नियन्त्रणमा लिएको बतााइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले पनि अपहरणको पुष्टि गरेको छ । 

शाही दम्पत्तिलाई दैलेख कालीकोटको सीमानातर्फ लगिएको स्थानीयले बताएका छन् । प्रहरीले शाही दम्पत्तिको खोजी जारी रहेको जनाएको छ । 

अपहरणमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको हात रहेको आशंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ