arrow

१५ किलोमिटर पार गरेपछि सुत्केरी उर्मिलाले जन्माइन् ट्याक्टरमै बच्चा

अतिथी सत्कारमा १८ लाख खर्चदा स्वास्थ्यमा भने छैन लगानी

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ पुष ६ आइतबार
sutkeri-urmila.jpeg

कपिलवस्तु । एम्वुलेन्स नजिक नभएपछि एक गर्भवती महिला गुडिरहेको ट्याक्टरमा सुत्केरी भएकी छन् ।  तराइको जिल्ला तथा कच्ची सडक भए पनि सवै वडा तथा गाउंमा पुगेको सडक तर गाउंपालिका क्षेत्र भित्र एउटा पनि एम्वुलेन्स नहुंदा उपचारमा जनतालाई सास्ती भोग्नु  परेको छ ।  कपिवस्तुको विजयनगर गाउँपालिका वडा ५ कटुवा गाँउकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन । सुत्केरी व्याथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन ।

शनिवार विहान विजयनगर गाउँपालिका वडा नं ५ कटुवा गाउँकी उर्मिला कोरी सुत्केरी व्याथाले छटपटाएपछि उनको परिवारले उनलाई सुत्केरी गराउन चन्द्रौटा ल्याउदा उनको बाच्चा जन्मीएको हो । एम्बुलेन्समा लानु पर्ने तर विजयनगर गाउँपालिकामा नै एम्बुलेन्स नभए पछि घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्याक्टरमा उर्मिला ट्याक्टरमा नै राखि चन्द्रौटा ल्याउदा उनको छोरा जन्मीएको हो ।

गर्भवती महिला त्यो पनि सुत्केरी व्याथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दुरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउदै गर्दा बच्चा जन्मीएको हो । चन्द्रौटा होटल अगाडी विच शहरमा उर्मिलालाई व्याथाले च्यापेपछी बाच्चा जन्मीएको हो । विहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगि घर फर्किन लागेको उर्मिलाका सासु कमलावती कोरीले बताइन । गाँउमा एम्बुलेन्स नहुदा टेक्टरमा ल्याउदा यो जाडोयममा बाच्चा जन्मीएको उनले बताइन ।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले आफुले डेलिभरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउनु परेको परिवारले बताएका छन । गाउँपालिकाले हाल सम्म एम्बुलेन्स खरिद नगर्दाको पिडा आफु जस्तै अरु गाउँपालिका बासीको रहेको कलम कोरीले । भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो कोरीले भने । गरिब छौ स्थानिय तहले एम्बुलेन्सको लागि कुनै पहल नगर्दा समस्या भएको कमल कोरीले बताए ।

यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र संचालनका लागी प्रयास र पहल भने नगरेको होइन । यस आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागी गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यस बर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने २ वटा एम्बुलेन्स संचालन हुने गाँउपालिकाको भनाई रहेको छ ।

गत साल  फागुन १० गते गाउंपालिकाले  मुसाहायरा तथा  कवि सम्मेल  को नाममा नेकपाका अध्यक्ष एवं पुर्व प्रधामन्त्रीलाई पुष्प कमल दाहाल पचण्डलाई वोलाएर उद्घाटन गराएका थिए । उक्त कार्यक्रममामा थगाउंपालिकाले अतिथी सत्कार र कार्यक्रमको लागी १८  लाख खर्च गरेको थियो । तर जनताको स्वास्थ्य जस्तो विषयमा भने गाउंपालिकाको निर्वाचन भएको ३ वर्ष वित्न लाग्दा समेत एम्वुलेन्स नआउदा जनताहरु उपचार लागयतका सेवामा समस्यामा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ