arrow

सवारी ज्यान मुद्दामा गाउँपालिका प्रमुख पक्राउ

logo
प्रकाशित २०७६ पुष ६ आइतबार

बारा । बाराको एक गाउँपालिका प्रमुख सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

 फरार रहेका राउतलाई आइतबार जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए । 

जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक  खनालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ