- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एक दिवसीयमा ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।
यो जितसंगै भारतले वेष्ट इन्डिज विरुद्ध लगातार १० सिरिज जितको रेकर्ड पनि राखेको छ । भारतले १७ पटक ३ सय प्लस रनको लक्ष्य पूरा गर्न सफल भएको छ ।
भारतको कटकमा भएको डे–नाइट खेलमा ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा कप्तान विराट कोहलीले ८५ रन बनाए । लोकेश राहुलले ७७, रोहित शर्माले ६३ तथा रविन्द्र जडेजाले नटआउट ३९ रन बनााए । केमो पाउलले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
निकोलस पुरनले ८९ रन बनाउँदा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । साई होपले ४२ र रोस्टन चेसले ३८ रन बनाए ।
भारतका डेब्यु ब्वाई नवदीप सैनीले २ विकेट लिए । यो जितले भारतले वर्ष २०१९ को अन्तिम एक दिवसीय सिरिज जितेको हो ।
यसअघि पहिलो खेलमा भारत ८ विकेटले हार्दा दोस्रो खेल १०७ रनले जितेको थियो ।
भारतले चौथो पटक वर्षको आखिरी एक दिवसीय सिरिज जित हासिलको सफलता पनि कायम गरेको छ ।