arrow

ट्रकलाई एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, चार घाइते 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
accident-final.jpeg

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।  

ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र  घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ