arrow

वडाध्यक्षको कुटाइबाट तीन ठाँउमा खुट्टा र छातीको करङ भाचिएका खड्का न्याय माग्दै

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
pidit2.jpg

काठमाडौं। आफूसहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामा न्याय माग्दै राजधानी आइपुगेका छन् । उनले मंगलबार रिर्पोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटना वारे यर्थाथ जानकारी गराउदै बझाङको खप्तड छान्ना गाउँपालीका वडा न. ६ का वडाध्यक्ष तिलक बहादुर खड्का घटनामा संलग्न भएपनि उनले उन्मुक्ति पाएको भन्दै कडा कारवाहीको माग गरेका छन् ।

उनले भने, ‘जनप्रतिनिधिले म जस्तो बृद्धलाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन् । उनीमाथि कडा कारवाही होस ।’ पिडित खड्काले दुई छोरा र तीन बुहारीमाथी पनि आक्रमण भएको बताए । कुटपिटबाट खड्काको तीन ठाँउमा खुट्टा भाचिएको छ भने छातीको करङ पनि भाचिएको छ । उनको आँखा, नाक र मुखमा पनि गहिरो चोट लागेको छ ।

वडाध्यक्ष सहित केही व्यक्तिलाई बझाङमा ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गरिएको जानकारी दिए । उनले आफुमाथी आक्रमण गर्नेमा वडाध्यक्ष तिलक बहादुर खड्कासहित वडासचिव दिपक ब. खड्का , नेपाली सेनामा कार्यरत चक्रबहादुर खड्का, भरत थापा, जग खड्का, वसन्त खड्का, सन्न्तोष खड्का, किरण खड्का, ओब्जन खड्का र ऐकेन्द्र खड्का रहेको बताए ।

कार्तिक २ गते पिडित डबल ब. खडकासंग स्थानिय भरत थापासंग पानीको वारेमा विवाद भएको र त्यसको भोलिपल्ट कात्र्तिक ३ गते दिउँसो वडाध्यक्ष लगाएतको समुहले छोरा बुहारीसहितलाई ज्यान मार्ने मनासायले कुटपिट गरेको बताए ।

कुटपिट पछि चोट लागेका खड्काको परिवारलाई धनगढी मायामेट्रो अस्पताल लगिएको र छोरा र   बुहारीहरलाई घर पठाई बृद्ध डबल खड्कालाई काठमाडौ पठाइएको थियो । उनले भने, ‘मेरो काठमाडौको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ ।’

बझाङ अदालतमा पिडकहरुविरुद्ध मुद्धा दायर गरेको भएपनि पिडित खड्काको परिवारलाई बोलाएर केहि मंगलबारसम्म नसोधिएको गुनासो पिडित परिवारले गरेका छन् । ५लाख ७४ हजार धरौटी लिई बझाङको जिल्ला अदालतले पिडकहरुलाई सामान्य धरौटिमा छोडिदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  

उनका छोरा तेज बहादुर खड्काले आफूहरु अन्यायमा परेको बताए । उनले भने ‘हाम्रो परिवार अन्यायमा परेको छ, हामीलाई न्याय दिलाइदिनु पर्यो । वडाध्यक्षले नै कुटपिट गर्छन् भने जनता कसरी सुरक्षित हुने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ