arrow

घोक्राउदै अफिसमा लगेर प्रध्यानापकसहित शिक्षकले कुटे विद्यार्थी, कारवाहीको माग

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
sir.jpg

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेस्थित सरस्वती माविमा अध्ययनरत एक विद्यार्थी सोहि बिद्यालयका शिक्षकको कुटाईबाट गम्भिर घाईते भएका छन् । शिक्षक दुर्गाप्रसाद खतिवडाको कुटाईबाट कक्षा–११ मा अध्ययनरत १६ बर्षिय हिक्मत खड्का गम्भिर घाईते भएका हुन् ।

गत शुक्रबार बिद्यालयको प्रेयर लाईनमा बस्ने समयमा शौचालय गएको भन्दै शिक्षक खतिवडाले हिक्मतलाई घाँटीमा समाएर घोक्राउदै अफिस पुर्याएका थिए । अफिसमा खतिवडासहित शिक्षिका अञ्जना कटुवाल र प्रध्यानापक खगेन्द्र न्यौपाने सहितले सामुहिक आक्रमण गरेको पिडित विद्यार्थीका सानिमा मनमाया बस्नेतले बताईन् । शिक्षकहरुको सामुहिक कुटाईबाट हिक्मतको टाउको, गर्धन र घाँटीमा चोट लागेको छ ।

विद्यार्थीलाई शिक्षकहरुले कुटेकोले कारवाहीको माग गर्दै शुक्रबारे प्रहरी चौकीमा उजुरी दिएपनि राजनैतिक दवावका कारण प्रहरीले उजुरी लिन नमानेको पिडित विद्यार्थीका वुवा जगत खड्काले बताए । शिक्षकको कुटाईबाट विद्यार्थी घाईते भएपछि अभिभावकबाट चर्को बिरोध भएका कारण बिवाद समाधानका लागी बसेको विद्यालय व्यावस्थापन समितीको बैठक पनि बिना निकर्ष टुंगिएको छ ।

विद्यार्थी कुट्ने शिक्षकलाई कानुन बमोजिम कार्वाही हुनुपर्ने पिडित पक्षले माग गरेका छन् भने शिक्षकहरुले घाईते विद्यार्थी नै अनुशासनहिन भएको दावी गरेका छन् । पिडित विद्यार्थी हाल उपचाररत छन् । कुटपिट गर्ने शिक्षक नेकपा समर्थक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ