arrow

मानव कङ्काल फेला

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
Bethanchowk_Gaunpalika.png

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

उक्त शवको प्रकृति हेर्दा पुरुष व्यक्तिको जस्तो देखिएको प्रहरीले जनाएको छ । 

घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ