arrow

पुरुषलाई महिला बनाइदिएपछि...

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
Untitled-12.jpg

मोरङ । इलाका प्रशासन कार्यालय उर्लाबारीले एक जना पुरुषलाई महिला उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिएको पाइएको छ । साविक वारंगी गाविस–६ हालको लेटांङ भोगटेनी नगरपालिका निवासी मौसम लिम्बूको नागरिकतामा कार्यालयले महिला भनेर उल्लेख गरिदिएपछि उनले गुनासो गरेका छन् । 

काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आएका लिम्बू नागरिकताको प्रतिलिपका लागि भनेर उर्लाबारी आएका थिए । तर ,कार्यालयले महिला भनेर उल्लेख गरेपछि उनी चिन्तित बनेका छन् । 

उनले भने,‘प्रतिलिपि बनाउन भनेर कार्यालयमा आएको थिए । तर राति पुनः एकपटक हेर्दा लिंग महिला भनेर लेखिदिएको रहेछ । यस्तोसम्मको लापारवाही हुँदो रहेछ ।’

यस विषयमा इलाका प्रशासन कार्यालयका प्रमुख झलेन्द्र चापागाईले सामान्य मानवीय त्रुटी भएको बताउँदै नागरिकतामा भएको त्रुटी तत्कालै सच्याइदिने बताए । 

उनले भने, ‘म आइकन यस्तो गल्तीहरु भएको थिएन । नागरिकता दिएपछि एक पटक पढेर र हेरेर लिनुहोला भनेर सूचना पनि टाँसेका छौँ । एकैदिन सेवाग्राहीको चाप धेरै नै हुन्छ । कहिलेकाही त्रुटि हुन सक्छ । यो स्वभाविक नै हो । तपाई एक पटक कार्यालयमा आएर नै हेर्नुहोला कतिको चाप छ भनेर ।’

उनले नागरिकतामा भएको त्रुटि तत्कालै सच्चाइदिने बताए । यस्तै,यसअघि सिफारिस भएका नागरिकताहरुमा धेरै नै त्रुटि भएपनि आफू कार्यालयमा आएपछि त्यो समस्या हटेको उनले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ