arrow

पार्टीको कलह सबै मिलेर समाधान गरौः देउवा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १२ शनिबार
balaram-nayak-sradanjali-sa.gif

धनुषा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको कलहलाई समाधान गरी सबै जना अघि बढनुपर्ने बताएका छन्। 

संस्थापन इतरको गैर उपस्थितिमै केन्द्रीय समितिको वैठकबाट महाधिवेशनको मिति  तोक्ने लगायतका निर्णय गरेकै भोलिपल्ट नेपाली कांग्रेसका नेता बलराम नायकको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले लोकतन्त्र संकटमा परिरहेको बेला पार्टीका सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

देउवाले देश संकटमा रहेको बेला पार्टीलाई कुनै प्रकारको कलहमा फस्न नदिन हरेक जिम्मेवारीमा रहेकाहरुको दायित्व हुने बताए ।  सभापतिको कार्यबाट वरिष्ट नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइराला सहितका नेताहरु रुष्ट रहेका छन्। उनीहरुले आफूहरुले केन्द्रीय समितिको वैठक बहिष्कार गर्नुपरेका कारणबारे काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपसभापति विमलेन्द्र निधिले लामो संघर्षपछि आएको संघीयता कम्युनिस्ट सरकारको गतिविधिले संकटमा परेका बताए। लोकतन्त्र र प्रेस जगतको घाँटी थिचेर संघीय मुलुकको गरिमालाई ध्वस्त पार्ने कार्य सरकारले गरिरहेको निधीको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको विकल्प कम्युनिस्ट पार्टी हुन नसक्ने बताए ।

पुर्व खानेपानी तथा सरसफाइ मन्त्री एवम् नेपाली कांग्रेस का केन्द्रीय सदस्य महेन्द्र यादवले मधेशको पक्षमा संविधान संशोधन गराउन कांग्रेस अहिले पनि तत्पर रहेको उल्लेख गर्दै कांग्रेस सरकारको नेतृत्वमा आए मात्रै संविधान संशोधन हुने बताए । 

नेपाली कांग्रेस अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले कार्यकर्तास्तरमा व्याप्त रहेको आन्तरिक कलहको कारण कांग्रेस समग्रमा कमजोर अवस्थामा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ