arrow

१८ बर्षपछि लालपूर्जा पाएपछि कैलालीका स्थानीय दंग

logo
पुस्कर पौडेल, 
प्रकाशित २०७६ पुष १२ शनिबार
lalpurja-distribution.gif

धनगढी। साविकको उदासीपुरका स्थानीयले झण्डै दुई दशक पनि जग्गा धनी प्रमाण पूर्जा पाएका छन् । ०५८ सालमा दोस्रो पटक नापी भएपनि उनीहरुले पाउनु पर्ने नयाँ पूर्जा पाउन सकेका थिएनन्।

हाल कैलालीमा वितरण गर्न बाँकी रहेका जग्गाधनी प्रमाणपत्र वितरण कार्य शुरु भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा जग्गाधनी प्रमाणपत्र वितरण कार्य सम्पन्न भइसकेको छ ।

१८ वर्ष पछि शनिवार कैलाली जिल्लाका दुई वटा स्थानीय तह कैलारी गाउँपालिकाको वडा नम्बर ८ र गौरीगंगा नगरपालिकाको वडा नम्बर १० तथा ११ का स्थानीयले जग्गा धनी दर्ता प्रमाणपूर्जा पाएका छन्।

पहिला पूर्जा नहुँदा समस्या भएपनि अव पूर्जा पाउदा खुसी लागेको स्थानीयहरु बताउँछन्। साविकको उदासीपुर गाविसमा ९७ परिवारले जग्गा नापी भएको १८ बर्ष पछि नयाँ लालपूर्जा पाएका हुन् ।

जग्गाधनी पूर्जा नहुँदा समस्या भएको बताउँदै अब सहजह हुने कैलारी गाउपालिका वडा नम्बर ८ का चेतराम चौधरीले बताए। पुरानो पूर्जा लिएर बसेका स्थानीयले अब नया पुर्जा पाएका हुन् ।

पहिला विगा,कठ्ठाको क्षेत्रफलमा नापी भएकोमा अब वर्गमिटर अनुसार जग्गा धनी पूर्जा पाएको गौरीगंगा नगरपालिका र ११ का नन्दबहादुर खडायतले बताए।

नापी कार्यालय कैलालीले गाउँमै गई प्रमाणपत्र वितरण गरिरहेको छ ।२०५७/०५८ सालमा जग्गा नापी भएपनि द्धन्द्धका कारण जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न नसकिएको नापी कार्यालयले जनाएको छ ।

कैलारी गाउँपालिका र गौरीगगा नगरपालिकामा शनिवार मात्रै ९७ जनालाई जग्गा धनी पूर्जा वितरण गरिने नापी कार्यालयका प्रमुख सुर्दशनसिंह धामीले बताए।

वितरण गर्न बाकि रहेकाहरुलाई कार्यालयबाटै  वितरण गरिने उनले जानकारी दिए। तत्कालिन समयमा नापी भई जग्गाधनी प्रमाणपत्र दिन छुटेका बाहेक अन्यकोपनि ब्यवस्थापन हुने सरकारको आश्वासन छ।

धेरै नागरिकको ऐलानी जग्गा रहेको छ। तर ऐलानी जग्गाको लालपुर्जा हाल नपाइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। बिगत बर्षौदेखी भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र नभएकाहरुका लागी प्रकृया पुर्‍याई उपलब्ध गराउन सकिने कानुनी ब्यवस्था रहेको उनले बताए। तर त्यसका लागी आयोग गठन हुनुपर्ने भएकाले आयोग गठनपछि दिनुपर्ने देखिएमा दिन सकिने उनले प्रष्ट पारे।

कैलालीका सबै जसो स्थानीय तहमा अझै पनि सबैले नयाँ पूर्जा पाउन सकेको अवस्था छैन। यस्तो बेलामा जिल्लाको टोली घरमै पुगेर पूर्जा दिएपछि स्थानीय दंग छन् । यसैगरि नापी भएर पनि पूर्जा नपाएका अन्य सर्वसाधरणहरुलाई पनि पूर्जा उपलब्ध गराउन कार्यालयले चासो दिन आवश्यक देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ