arrow

ललितपुरको कारखानामा भीषण आगलागी

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
fire-final.jpeg

ललितपुर । ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ । शनिबार राति करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ ।

आगो नियन्त्रणमा लिन लामो समय लागेको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन । 

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ