- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी सेनाले इराक र सिरियामा हवाइ हमला गरेको छ । अमेरिकाले दुई देशका मिलिसियाहरुका अखडामा आक्रमण गरेको छ।
आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियामा आक्रमण गरेके हो । आक्रमणमा कम्तीमा १८ जना मारिएका छन् ।
कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए । थुप्रै अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।
त्यसको बदलामा अमेरिकाले आइतबार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरको हो । तीनवटा आक्रमणमा १८ को मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।