arrow

आइतबार पनि चितुवाले बालक मार्‍यो, तनहुँमा मात्रै आठ बालबालिका पुगे

logo
प्रकाशित २०७६ पुष २० आइतबार
leopard-attack.jpg

दमौली । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । 

बालकको शव घरभन्दा दुई–तीन सय मिटर तल बारीमा फेला परेको छ । 

घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ । 

केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो । 

भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ