arrow

रोकिराखेको मिनीट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
accident-final.jpeg

भरतपुर । चितवनमा सोमबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । 

रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । 

दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ