arrow

जनकपुरधामका मेयर साहले गुण्डा लगाएर कार्यकक्षमै कुटाए पत्रकार

हेल्मेट आक्रमणमा ७ पत्रकार घाइते

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २२ मंगलबार
patrakar-kutpit.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्नै चेम्बरमा पत्रकारलाई कुटपिट गराएका छन् । जनकपुरधामका मेयर साहसंग जानकी मन्दिर अतिक्रमण सन्दर्भमा सूचना माग्न गएका पत्रकारहरुलाई साहले आफ्ना कार्यकक्षमै कुटपिट गराएका हुन ।

जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी सूचना लिनका लागि नगरपालिका पुगेका पत्रकारहरुलाई मेयरकै ईसारामा नगर प्रहरी र मेयरका गुण्डाहरुले कुटपिट गरेका हुन।

मेयर साहको कार्यकक्षमा बसेका उनका समर्थक तथा नगर प्रहरी मिलेर नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार  मिश्र, पत्रकार  राजा झा, कान्तिपुर दैनिकका महोत्तरी संवाददाता अमरकान्त ठाकुर, सुभाष कर्ण, विकास साह, धैर्यकान्त दत, गोविन्द महतलाई कुटपिट गरेका हुन ।

मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेपछि ७ जना पत्रकार घाईते भएका हुन् । नगरपालिकामा सूचना अधिकारी नभएको तथा सूचना मागको लागि निवेदन दर्ता गराएपनि कुनै सुनुवाई नभएपछि आफूहरु सूचनाको लागि नगरपालिकामै गएको पिडित पत्रकारले बताएका छन् ।

सूचना अधिकारी नभएको तथा सूचना पनि नदिने गरेको भन्दै जानकी फूलबारी अतिक्रमण सन्दर्भमा मेयरको विचार लिनको लागि मेयरको कार्यकक्षमा गएपछि आफूहरुलाई कुटन  लागेको पिडित पत्रकारले बताएका छन् ।

सोमबार भएको जानकी मन्दिरको जग्गा नापीमा ४ फिट ५ ईन्च जग्गा अतिक्रमण भएको ठहर भएको हो । निजी घरलाई बचाएर जानकी मन्दिरको फूलबारी भत्काएको आरोप मेयर साह उपर लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ