arrow

विदुरमा पृथ्वीजयन्तीको सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
pritivi-narayan-saha.jpg.jpeg

विदुर।  पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५-२६ वर्ष त्यहीँबाट  राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई  भुल्न नहुने जनाएको छ ।
 
यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको  नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

 नगरपालिकाको गत पुस १० गते बसेको पाँचौँ नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ