arrow

एक्काइस हल गोरु जुधाइने

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
goru-judhai-mahotsab.jpeg

नुवाकोट । नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे । 
 
तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । 

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ । विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ । 

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ