arrow

विपन्न पीडित परिवारको बिलौना

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ पुष २८ सोमबार
Phidim_Nagarpalika.png

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ सरसिउलाका एक विपन्न दलित परिवारले सहयोगको याचना गरेका छन् । काम गरेर ल्याउने दिने मान्छे नभएपछि सहयोगको याचना गरेका हुन् ।

 बुवा चन्द्रबहादुर सिवा ५७ वर्ष अघि प्रेसर रोगीको कारण ०७५ चैत्रमा मृत्यु भएको, आमा दिल कुमारी सिवा ११ वर्षअघि नै दिलबहादुरलाई छोडेर पोइला गएपछि घरमा गरेर ल्याउने मान्छे नभएको छोरी जुनु सिवाले बताईन् ।

अहिले चन्द्रबहादुरका २ छोरी र एक छोरा वृद्ध फूपू गंगामाँया सिवाको शरणमा छन् । फूपू गंगामाँया पनि अहिले खुट्टो भाचिएर हिडड्ल  गर्न नसक्ने अवस्थमा ओछ्यानमै थलिएकी छिन् ।

आर्थिक अभावकै कारण कक्षा ५ मा पढ्दै गरेकी चन्द्रकी छोरी जुनुले विद्यालय छोडेको ३ वर्ष भयो । उनी आर्थिक अभावकै कारण पढ्न बाट वन्चित भइन् । अहिले उनले गाउँघरमा बनिबुतो गरेर परिवारलाई पालिरहेकी छिन् । उनका भाइ किरण र बहिनी ज्योति स्थानिय बुद्ध आ.विमा कक्षा ४ मा पढ्छन् ।

घरमा पानी चुहिएर वर्षादको समयमा वस्न सकिने अवस्था छैन्, उब्जाऊ खासै नहुने ३ रोपनी पाखोबारी मात्रै छ ।

अहिले घरमा खाने अन्न छैन्,जाडोको समयमा लगाउने,सुत्दा ओढ्ने लुगा छैन्, घरको अवस्था दयनिय भएको हुँदा गंगामाँयाले सहयोगको याचना गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ