arrow

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ पुष २८ सोमबार

गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरु र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुलाई राष्ट्रिय परिचयपत्रको बारेमा जानकारी गराउने, कसरी गाउँमा यो अभियान लगेर जाने भन्ने उद्देश्यले उक्त अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिए । 

उनले यस अन्तरक्रिया कार्यक्रमले आगामी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । सहभागीहरुलाई राष्ट्रिय परिचयपत्रका बिषयमा जानकारी गराउँदै उनले भने– ‘राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्त गर्नका लागि प्रयोग गरीने आधारभूत पहिचानको आधार हो ।’ 

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका दुई किसिमका विवरण समावेश गरिने छ। जसमा वैयक्तिक विवरण र जैविक विवरण समावेश गरीने सूचना प्राविधि निर्देशक ढकालले जानकारी दिए । उनले वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम,श्रीमान(श्रीमतिको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन् । 

जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने जानकारी दिए । राष्ट्रिय परिचयपत्रको बहुउपयोगीता रहने उल्लेख गर्दै उनले भने, ‘अहिले बढ्दै गईरहेको कृते, जालसाझी जस्ता कामहरु यो प्रविधियुक्त राष्ट्रिय परिचयपत्रको प्रायोगले निर्मुल हुन्छ ।’ त्यस्तै राष्ट्रिय परिचयपत्र सबै नेपाली नागरिकलाई प्रदान गरिने बताईएको छ ।

परिचयपत्रमा नागरिकतामा समाबेश गरिएको सम्पूर्ण विवरणहरु समावेश गरिएको हुन्छ । परिचयपत्रको सङ्ख्या कसैसंग दोहोरिने छैन र कसैले ढबल पनि पाउने छैनन् भन्ने कुरा पनि बताईएको थियो । प्रविधियुक्त र बहुउपयोगी राष्ट्रिय परिचयपत्रले सेवा प्रवाहमा वृद्धि गर्ने, शान्ति सुरक्षा कायम गर्ने बताउँदै ढकालले भने’ नागरिकको सहि पहिचान स्थापित गर्ने, खर्छ पनि कम हुने । यसले राजस्व वृद्धिमा सहयो पर्याउने, सुशासन कायम हुने, यसरी राष्ट्रिय परिचयपत्रले अनियमितता हुन पनि रोक्ने गर्दछ । निजी क्षेत्रलाई सहयोग गर्ने, व्यसायिक जोखिम पनि कम हुने बताईएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख लक्ष्मण पराजुलीले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा सत्यतथ्य र यथार्थलाई विशेष ध्यान दिन आग्रह गरे । उनले यो अभियानलाई विशेष महत्व दिएर स्थानीय तहहरुले आफ्नो ठाउँमा व्यापक रुपमा प्रचार–प्रसार गर्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले राष्ट्रिय परिचयपत्र विवरण भर्नको लागि प्रचार(प्रसारको लागि स्थानीय सम्पुर्ण सन्चार माध्यामबाट जानकारी गराउने बताए । उनले यो अभियान सुरु हुनुभन्दा पहिले जिल्लाका सबै स्थानीय तहमा पुगेर यस्तै अन्तरक्रिया गर्न आग्रह गरे । 

गुल्मी जिल्ला सहित ६ वटा जिल्लामा पहिलो चरणको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न लागिएको बताईएको हो । 

कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधि वडा अध्यक्षहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थित रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षता तथा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ