- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा गायक निशान भट्टराईको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो ।
उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
‘कामनाले भरिएको’ गायक भट्टराईको पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए ।
दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।