arrow

बयालपाटा अस्पतालको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध :मुख्यमन्त्री भट्ट

logo
पूर्ण बहादुर खड्का,
प्रकाशित २०७६ माघ १ बुधबार
bhatta4.jpg

अछाम ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बयालपाटा अस्पतालको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।  बयालपाटा अस्पतालको अनुगमन तथा निरिक्षण गर्दे मुख्यमन्त्री भट्टले उक्त कुरा उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री भट्टले बयालपाटा अस्पतालले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै सुबिधा सम्पन्न तथा बिशेषज्ञ समेत सेवा दिईरहेकाले प्रदेश सरकारले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
 
मकर संक्रान्ति मेलाको अवसरमा अछाम पुगेका मुख्यमन्त्री भट्टले प्रदेश सरकारले अस्पतालको लागि गत बर्ष पनि सहयोग गरेको उल्लेख गर्दे आगामी दिनमा पनि आवश्यक्ता हेरेर सहयोग गरिने बताए । सेवा सुबिधालाई थप गुणस्तरयि बनाउन आवश्यक पर्ने रकमका लागि प्रदेश सरकार तयार रहेको उनको भनाई छ ।

एक अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री भट्टले यस प्रदेशका सबै जिल्ला अस्पतालको स्तर उन्नती गर्ने, आवश्यक सामाग्री लगायत आर्थिक व्यावस्थापन गर्ने प्रदेश सरकारको निति नै अगाडी सारेको बताए ।

प्रदेशका विभिन्न जिल्लामा बन्दै गरेको स्वास्थ्य संस्थाका भवनहरुको निर्माण प्रक्रिया तिव्र बनाउनुका लागि आवश्यक अनुगन गर्ने, जिम्मा लिकाहरुलाई ताकेता गर्ने र भने अनुसार काम नभएमा कारबाही समेत गर्ने उनको भनाई थियो ।

मुख्यमन्त्री संगै सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, अर्थ मन्त्री झपट बहादुर बोहरा, प्रदेश साँसद, अछाम जिल्लाका समन्वय समिती प्रमुख नरबहादुर कुवँर, र मंगलसेन र साँफेबगर नगरपालिकाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री भट्टले आजै नेपालका चार धाम मध्येको एक अछामको बैद्यनाथ धाममा आयोजना गरिएको मकर संक्रान्ति मेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ